बलिउड अभिनेता सलमान खानलाई मार्ने योजना बनाउने डन सम्पत नेहरालाई पुलिसले पक्राउ गरेको छ । गत बुधवार सम्पत नेहरालाई प्रहरीले पक्राउ गरेको हो । केही दीन देखी सलमानको हरेक गतिविधि नेहराले नजर राखी रहेका थिए । उनले मुम्बई गएर सलमान र उनका बडीगार्डको बारेमा समेत जानकारी लिइसकेको बलिउड मिडियाले जनाएको छ । सलमानको हत्या पछि नेहेराले विदेश जाने समेत योजना बनाएको बताइएको छ । प्रहरीले बताए अनुसार नेहरा ला‘रेस बिश्नोई ग्याङको लागी काम गर्दै आइरहेका थिए,जसले यो भन्दा अघि काला हीरणको मामलामा पनि सलमानलाई ज्यान मार्ने धम्की दीसकेका छन् । यो गिरोह सामाजिक सञ्जालमा निकै सक्रिय छन् । हत्या, अपहरण र सुपारी लिने जस्ता दुई दर्जन भन्दा बढी घटनाहरू यस गिरोहका सदस्य नेहरासँग सम्बन्धित छन्।