गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘राज्जा–रानी’ गत शुक्रवारबाट युट्युबमा सार्वजनिक भएको छ । हलमा अपेक्षित कमाई गर्न नसकेको चलचित्रले युट्युबमा भने राम्रो प्रतिक्रिया पाइरहेको छ । यो चलचित्र युट्युबमा सार्वजनिक भएको केही घण्टा नबित्दै नेपालको ट्रेडिङ्ग नम्बर एकमा पुगेको थियो । सार्वजनिक भएको छोटो समयमा नै चलचित्रलाई २२ लाख ३० हजार बढीले हेरिसकेका छन् । त्यस्तै चलचित्रलाई २८ हजार बढीले लाइक गरेका छन् भने २७  सय डिसलाइक रहेको छ । चलचित्रलाई युट्युबमा ३५ सय बढीले प्रतिक्रिया दिएका छन् । जसमा कलाकारद्धय नाजिर हुसेन र केकी अधिकारीको अभिनयको निकै तारिफ गरिएको छ । 'मधेस तिर भइरहेको बाल विवाह,दाईजो प्रथा,राजनीतिक फोहोरी खेलमा आधारित वास्तविक कथास्तुले मनै भक्कानियो चलचित्रको सुरु देखि अन्तिम सम्मको हरेक शब्दमा गहिरिएर बुझ्न जरुरी छ ।  सबै कलाकारको अभिनय उत्कृष्ट भन्दा पनि उत्कृष्ट छ । ' युट्युबमा दिपु दर्पणले कमेन्ट गरेका छन् । 
 

'मधेसको  पीडा लाई समेटेर बनाइएको फिल्म हेर्ने ठुलो रहर थियो आज पूरा भयो । कथा दर्दनाक अनि कहालीलाग्दो , हाम्रो देशमा दाइजो प्रथा नहट्ने हो भने मधेसका अझै धेरै नेपाली चेली हरू ले अकालमै आफ्नो ज्यान  गुमाउनु पर्नेछ। सबैले हेर्न पाउनु पर्छ यो चलचित्र , नाजिर केकी, रेखा थापा आफ्नो आफ्नो ठाउँमा बेस्ट' लभर म्युजिक नामक प्रयोगकर्ताले कमेन्ट गरेका छन् । .यम थापाको लेखन र निर्देशन रहेको चलचित्र राज्जा रानीलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।चलचित्रमा नाजिर हुसेन र केकी अधिकारीको मुख्य भूमिका रहेको छ ।