गत वर्ष प्रदर्शन भएको बलिउड अभिनेता अक्षय कुमार अभिनित ‘ट्वाइलेट एक प्रेम कथा’ चीनमा रिलिज हुने भएको छ । पछिल्लो समय चीनमा बलिउड चलचित्रको बजार निकै फराकिलो बनिरहेको छ । यसअघि आमिर खानको दंगल र प्रभाषको बाहुबलीले चीनमा रेकर्ड बनाइसकेको छ । अब अक्षयको ‘ट्वाइलेट एक प्रेम कथा’ले चीनमा नयाँ रेकर्ड राख्न सक्ने अपेक्षा राखिएको छ । चलचित्र चीनमा जुन ७ देखि  ४३०० हलमा प्रदर्शनमा आएको छ । चीनमा चलचित्रको नाम ‘ट्वाइलेट एक प्रेम कथा’ बाट ‘ट्वाइलेट हिरो राखिएको छ ।१०५ करोड रुपैयाँ भारु भन्दा बढी बक्स अफिस कलेक्शन गरेको चलचित्र ‘ट्वाइलेट एक प्रेम कथा’सानो बजेटमा निर्माण भएको चलचित्र हो । चलचित्रमा अक्षयको साथमा भूमि पेडनेकर को मुख्य भूमिका रहेको छ ।