चलचित्र ‘चि मुसी चि’को शीर्ष गीत सार्वजनिक भएको छ । मङ्गलवार युट्युबमार्फत चलचित्रको गीत सार्वजनिक गरिएको हो । उक्त सार्वजनिक गीतमा अभिनेत्री नम्रता सापकोटा फिचरिङ्ग छिन् । यसअघि उनले ‘चि मुसी चि’का निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘सकुन्तला’मा आइटम गीत गरेकी थिइन् । सार्वजनिक गीतमा सन्तोष पोखरेलको शब्द, करणराज कार्कीको सङ्गीत सुजाता पाण्डेको स्वर र विक्रम स्वाँरको कोरियोग्राफी छ ।

गीतको भिडियोमा नम्रतासँगै चलचित्रका अन्य कलाकार सुनिल क्षेत्री, अलिशा शर्मा र शिवराज शर्मा पनि फिचर्ड छन् । श्रावण ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माताका रूपमा रहेका छन् भने शिवराज कार्की कार्यकारी निर्माता हुन् । चलचित्रमा सुशान्त कार्की, शेखर अधिकारी, कमली बाइबा लगायतका कलाकारको अभिनय रहेको छ ।