वरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । गएराती २ बजे थापाको आफ्नै घरमा निधन भएको हो । लामो समय देखि विभिन्न रोगले ग्रसित भएका थापाको अस्पतालमा उपचार भइरहेको थियो । उनी विगत केही वर्षदेखि मुटु, फोक्सो, कलेजो लगायतका रोगको उपचार गरिरहेका थिए । 
टेलिसिरियल तितो सत्यबाट अझै बढी चर्चा कमाएका थापाले थुप्रै चलचित्रका काम गरिसकेका छन् । निर्देशक तथा अभिनेत्री दिपाश्री निरौलाले उनलाई आफ्नो धर्म बा बनाएकी थिइन् । भिमबहादुर थापाको निधन भएपछि दिपाश्री चलचित्र छक्का पन्जा ३को छायाङ्कन छोडेर काठमाडौँ फर्किदैछिन् । थापाको आज पशुपति आर्यघाटमा दाहासंकार गरिनेछ । त्यसअगाडि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ ।