वरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । गएराती २ बजे थापाको आफ्नै घरमा निधन भएको हो । लामो समय देखि विभिन्न रोगले ग्रसित भएका थापाको अस्पतालमा उपचार भइरहेको थियो । उनी विगत केही वर्षदेखि मुटु, फोक्सो, कलेजो लगायतका रोगको उपचार गरिरहेका थिए । उनको  आज पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ। बिहान करिब ११ बजेबाट अन्तिम श्रद्दान्जलीको लागि शव पशुपति आर्यघाट परिसरमा राखिएको थियो। उनलाई श्रद्दान्जली दिन वरिष्ठ कलाकारहरू पुगेका थिए। दिपाश्री निरौलाका धर्म्पिता रहेका भिमबहादुरले तितो सत्य अभिनय पश्चात् चर्चा पाएका थिए। उनले धेरै चलचित्रमा अभिनय गरेका छन्।