आउँदो दसैँमा प्रदर्शन मिति तय गरेको चलचित्र जय भोलेको पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा राजन राज शीवाकोटी र मेलीना राईको आवाज रहेको छ । वसन्त श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू स्वस्तिमा खड्का,सलोन बस्नेत,खगेन्द्र लामिछाने,बुद्धि तामाङ,सौगात  मल्लले कम्मर मर्काएका छन् । चलचित्र जय भोलेलाई अशोक शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा अन्कित शर्मा,किरण शर्मा र कृति शर्माको संयुक्त रूपमा लगानी रहेको छ ।  चलचित्रमा स्वस्तिमा खड्का,सलोन बस्नेत,खगेन्द्र लामिछाने,सौगात मल्ल,सुर्बिर पण्डित,बुद्धि तामाङ,बसुन्धारा भुसाल,किशोर भण्डारी लगायत कलाकारहरूको अभिनय रहेको छ ।