अभिनेत्री निता ढुंगाना भोजपुरी चलचित्रमा देखिने भएकी छिन् । बाल कलाकार हुँदै नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताइसकेकी नायिका निता चाडै नै भोजपुरी चलचित्रमा देखिने भएकी हुन् ।

नेपाल, भारत र मोरिसेसमा छायाङ्कन हुने चलचित्रमा भोजपुरी मेघा स्टार निरहुवा मुख्य भूमिकामा रहनेछन् । निरहुवासँगै निता अपोजिट देखिन लागेकी हुन् । बुझिए अनुसार चलचित्रको अफिसियल घोषणा केही दिनमा नै हुदैँछ । साथमा चलचित्रमा अन्य नेपाली कलाकारहरू पनि हुने बताइएको छ । गत वर्ष निता अभिनीत पंचायत प्रदर्शनमा आएको थियो । जसबाट उनी उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत हात पारिसकेकी छिन् । यो वर्ष उनी अभिनीत ‘द कर्मा र ‘करोडपति’ प्रदर्शनको तयारीमा रहेको छ ।