गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘सञ्जु’ले बक्स अफिसमा हंगामा मच्चाइरहेको छ । भारतमा मात्र नभई विश्वका विभिन्न देशहरूमा सञ्जुले राम्रो कमाई गरेको छ । चलचित्र सञ्जु अभिनेता सञ्जय दत्तको जीवनमा आधारित चलचित्र हो । चलचित्रमा सञ्जयको भूमिका बलिउड अभिनेता रणबीर कपुरले निर्वाह गरेका छन् । सञ्जुले व्यवासाहिक हिसाबले मात्र नभई समिक्षागत हिसाबमा पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । तर यति बेला भारतीय मिडियामा सञ्जयले आफ्नो बायोपिक बनाउन करोडौँ रुपैयाँ लिएको खबर बाहिरिएको छ । उनले निर्देशन राजकुमार हिरानीसँग चलचित्रबाट १० करोड लिएको साथै चलचित्रले कमाएको नाफाबाट पनि सञ्जयले केही रकम पाउन भारतीय मिडियाले उल्लेख गरेको छ । चलचित्रले हालसम्म ३०० करोड बढीको कमाई गरिसकेको छ । यो चलचित्रमा रणबीरको साथमा र,सोनम कपुर,बिक्की कुशल,परेस रावल, अनुश्का शर्मा, मनीषा कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।