पछिल्लो केही महिना यता बलिउड अभिनेता सलमान खान नेपाल आउने खबरले सलमानका फ्यान बिच तंरग पैदा गरेको थियो । ‘दंबग टुर’ नाम दिइएको उक्त कार्यक्रम टुँडिखेलमा हुने भनिएको थियो । बलिउडका चर्चित कलाकारहरू सँगै नेपालका केही अभिनेत्रीहरूले समेत उक्त कार्यक्रममा आफ्नो प्रस्तुति दिने भनेर फाइनल समेत गरियो । तर सलमानको उक्त कन्सर्ट रद्द भयो । आयोजकले विभिन्न बाहना बनाउँदै जेठमा कन्सर्टलाई पोसपोण्ड गरेका थिए । तर असार बितिसक्दा पनि यति बेला सलमानको नेपालमा हुने कन्सर्टको बारेमा केही खबर बाहिरिएको छैन । ओडिसी इन्टरटेन्टमेन्टले आयोजना गर्न लागेको उक्त कन्टर्सको केही टिकट समेत बिक्री भइसकेका छन् । यति बेला आयोजक ओडिसी इन्टरटेन्टमेन्टका सिमान्त गुरुङलाई ठगीको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले सिमान्तलाई अनुसन्धानको लागी लाजिम्पाटबाट नियन्त्रणमा लिइएको बताइएको छ । उनीमाथि टिकटको रकम फिर्ता नगरेको र पार्टनरहरू सल्लाह नगरी नै पैसाको दुरुपयोग गरेको आरोप रहेको छ ।