आज यानिकि शुक्रवारबाट सिनेमा घरमा चलचित्र ‘बाबु कान्छा ’ प्रदर्शनमा आएको छ । यो चलचित्रले शुक्रवार बिहान प्रेस सो आयोजना गरेको थियो । जहाँ चलचित्रका कलाकार सहित चलचित्र क्षेत्रका कलाकर्मीहरुको उपस्थिति रहेको थियो । चलचित्र हेरिसके पश्चात् धेरैले चलचित्र भित्रको कथा मन परेको प्रतिक्रिया दिएका थिए । त्यस्तै चलचित्र हेर्ने पुगेकी अभिनेत्री पूजा शर्मालाई चलचित्रका नायक–नायिका सलोन बस्नेत र करिष्मा श्रेष्ठको जोडी मन परेको प्रतिक्रिया दिइन् ।
 

चलचित्र बाबु कान्छालाई शोभित बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा निर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला ,ऋतिक शाही,सम्राट् सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,विक्रम कंडेल, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जन लगायतका कलाकारको अभिनय रहेको छ । ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह(निर्माताको रूपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको  छायाङ्कन रहेको फिल्ममा रामजी लामिछाने र दीपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ । चलचित्रमा अष्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टङ्क बुढाथोकी सङ्गीत रहेको छ ।