सन् १९९१ मा प्रदर्शनमा आएको बलिउड चलचित्र ‘सडक’को रिमेक बन्ने भएको छ । सडकका निर्देशन महेश भट्टले यसको रिमेक बनाउने घोषणा गरेका हुन् । ट्रेड एनालिस्ट तरुण आदर्शले आफ्नो अफिसियल एकाउन्टमा सडकको प्रदर्शन मिति समेत पोस्ट गरेका छन् । उनको पोस्ट अनुसार चलचित्र २०१९ को नोबेम्बर २ मा रिलिज हुने छ । चलचित्र निर्माण घोषणा भएसँगै यसमा रियल कपाल अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्ट रहन सक्ने बलिउड मिडियाले उल्लेख गरेको छ । तर निर्माण पक्षले भने यस बारे केही जानकारी दिएका छैनन् । चलचित्र सडकमा अभिनेता सञ्जय दत्त र अभिनेत्री पूजा भट्टको मुख्य भूमिका रहेको थियो । सडक हलिउड चलचित्र ‘ड्राइभर’बाट प्रभावित चलचित्र हो । सन्जुमा रणबीरले सञ्जय दत्तको भूमिका निभाएको कारण सडकमा उनी हुन सक्ने बताइएको छ ।