अभिनेता आर्यन अधिकारी र अभिनेत्री श्रृष्टि श्रेष्ठ अभिनीत चलचित्र ‘बाँध मायाले’को शीर्ष गीतको हालै छायाङ्कन गरिएको छ । यतिबेला उक्त गीत छायाङ्कन समयमा खिचिएका केही तस्बिरहरू सार्वजनिक भएका छन् । जसमा चलचित्रका आर्यन र श्रृष्टीको केमेष्ट्रीलाई देख्न सकिन्छ । सार्वजनिक तस्बिरमा श्रृष्टि निकै हट देखिएकी छिन् । 

आर्यनको अँगालोमा बाँधिइन् हट सृष्टि (फोटो फिचर)

अर्जुन पोखरेलले सङ्गीत दिएको गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । कुलेखानी र राजधानीमा पाँच दिन लगाएर गीतको छायाङ्कन गरिएको निर्माण पक्षले जानकारी दिए । सबिर श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘बाँध मायाले’ असोज ५ गते रिलिज हुँदैछ । चलचित्रको पहिलो गीत केही दिनमा सार्वजनिक गरिने निर्देशक श्रेष्ठले जानकारी दिएका छन् ।

आर्यनको अँगालोमा बाँधिइन् हट सृष्टि (फोटो फिचर)

यो चलचित्रलाई रामहरि धिताल र विभिषिका श्रेष्ठले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् भन् द्धन्द्ध रोशन श्रेष्ठको रहेको छ । चलचित्रमा आर्यन र श्रृष्टिको अलावा राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय रहेको छ ।  
 

आर्यनको अँगालोमा बाँधिइन् हट सृष्टि (फोटो फिचर)