चलचित्र ‘छिरिङ’को पहिलो गीत सार्वजनिक भएको छ । गायकद्धय निमा रुम्बा र यशकुमारको मुख्य भूमिका रहेको चलचित्र छिरिङको ‘तिमीले त मायामा..’बोलको पहिलो गीत सार्वजनिक भएको हो । गीतमा यशकुमारको सङ्गीत, स्वर र शब्द रहेको छ । यशकुमारलाई गीतमा विन्दु परियारले साथ दिएकी छिन् । गीतमा निमा रुम्बा र डेब्यु एक्ट्रेस कामना भुजेल फिचर्ड छन् ।
दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध चलचित्र ‘छिरिङ’को कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको चलचित्रको त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ । यसै चलचित्रबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेका छन् । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यश र याम थापासँग मिलेर लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । चलचित्र आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ ।