अभिनेता प्रदीप खड्का अभिनीत ‘रोजी’को चार लुक्स सार्वजनिक भएको छ । यही आउँदो भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रदीप चार अवतारमा प्रस्तुत हुदैँछन् । रोजी निर्माण टिमले एक्सक्लुसिभ क्यारेक्टर लुक्स आउट गर्दै प्रदीप चरित्रलाई सार्वजनिक गरेका हुन् । ती चार पात्रमा मुड, मनस्थिति र मनोदशाका अलग आकृति महसुस हुन्छन् । सार्वजनिक लुक्स पहिलोमा प्रदीप सोझा युवकका रूपमा छन् त्यस्तै अर्कोमा विद्यार्थीको रूपमा, तेस्रोमा नोस्टाल्जिक र चौथोमा एक अपराधीको लुक्समा देखिएका छन् ।

प्रदीप भन्छन् ‘मेरो सम्पूर्ण पात्रभित्र अर्थ र सन्देश छ । यो सबै आफैमा चुनौती हो र मेरा लागी अवसर पनि हो । ’
चलचित्र रोजीलाई निरक पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीपको अलावा परमिता राणा, मेरुना मगर लगायतका कलाकारको अभिनय रहेको छ ।