यस बर्षको प्रतिक्षित चलचित्रमा रहेको ‘ए मेरो हजुर –२’को अडियो जुकबक्स सार्वजानिक भएको छ । जुकबक्समा तिन वटा गीत समावेश गरिएको छ । तिन मध्ये दुई गीत केहि समय अगाडी सार्वजानिक भएको थियो । दुवै गीतले दर्शकको राम्रो साथ पाएको थियो । जुकबक्समा भने बसन्त सापकोटाले संगीत दिएको ‘उकाली जाँदा’ बोलको गीत समावेश गरिएको छ ।

झ्ररना थापाको डेव्यु निर्देशनमा बनेको ‘ए मेरो हजुर २’ १५ बर्ष अगाडी बनेको चलचित्र ‘ए मेरो हजु्र’को दोस्रो संस्करण हो । पहिलो संस्करणमा झ््रना थापा र स्व अभिनेता श्रीकृष्ण श्रेष्ठको अभिनय रहेको थियो । त्यो समयको सुपरहिट चलचित्रको दोस्रो संस्करणमा भने नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र सलिनमान बनियाँको मुख्य भुमिका रहेको छ । सुनिलकुमार थापाको लगानीमा बनेको ‘ए मेरो हजुर २’ भदौ १६ गते अल नेपाल रिलिज हुने छ ।