यही आउने असोजबाट प्रदर्शनमा आउन लागेका चलचित्र ’इन्टु मिन्टु लन्डनमा’ टिम यति बेला मोफसल टुरको क्रममा पोखरा पुगेको छ । चलचित्र मिति नजिकिँदै गर्दा चलचित्र युनिट मङ्गलवार पोखरा पुगेको हो । यसअघि मोफसल टिमको क्रममा निर्माण टिमले झापाको बिर्तामोड, दमक, विराटनगर, धरान र इटहरीमा आफ्नो प्रमोसन सकाइसकेका छ । यस पटक भने पोखरा हुँदै बुटवल, भैरहवा र चितवनमा निर्माण टिम दर्शकसँग सात्क्षतकार गर्न पुग्ने छ । टिममा चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायकद्धय धिरज मगर, शाहरुख ताम्राकार, चलचित्रकी निर्देशक रे नशा बान्तवा राई छन् । 
 

कोरियोग्राफर रेनशा बान्तवा राईको निर्देशन रहेको इन्टु मिन्टु लन्डनमाको तीन गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । यति बेला चलचित्रका तीन वटा गीतलाई दर्शकले निकै रुचाएका छन् । आइकोर सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमालाई प्रभु शमसेर जबरा र प्रज्वल शकसेर जबराले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा साम्रज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, शारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भूषण पाठक, रुबी राणा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।