गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी’ले यति बेला बक्स अफिसमा राम्रो गरिरहेको छ । पहिलो र दोस्रो दिनमा ९५ लाख माथिको कमाई गरेको चलचित्रले बुधवार भने बम्पर कमाई गरेको छ । तीजको बिदाको अवसरमा चलचित्रले फाइदा उठाएको छ । निर्देशक सुदर्शन थापाले दिएको जानकारी अनुसार उपत्यकाका अधिकांश हलहरू हाउसफुल रहेको जानकारी दिए । त्यस्तै चलचित्र मुख्य कलाकारद्धय पूजा शर्मा र आकाश श्रेष्ठ दर्शकसँग सात्क्षतकार गर्न बुधवार चितवन पुगेका थिए । यी दुई कलाकारहरुले चितवनमा दर्शकसँग बसेर चलचित्र हेरेका थिए भने दर्शकको प्रतिक्रियाहरू बुझेका थिए ।