अभिनेता दयाहाङ राईको निर्देशनमा बनेको नाटक ‘जालिनी’ यतिबेला मण्डला नाटकघरमा मञ्चन भइरहेको छ । शुक्रवारबाट मञ्चन भएको यो नाटकलाई सञ्चारकर्मी तथा लेखक धुर्वसत्य परियारले लेखेका हुन् ।

मण्डलामा दयाहाङको ‘जालिनी’

लेखक धुर्वसत्य परियारद्धारा लिखित कथासंग्रह ‘कैरन’मा समावेश रहेको एक कथा हो –जालिनी, जसको शाब्दिक अर्थ चित्रशाला हो । जालिनीमार्फत कुनै कालखण्डमा स्त्रीका नैसर्गिक अधिकार, स्वतन्त्रता, सपना र विवेकलाई कसरी घर वा पर्खालमा कैद गरियो ? शासकले कसरी कुसंस्कारको निर्माण गरे ? उनीहरूले कसरी एक वर्गलाई भूमिहीन र दास बनाए ? यसबारेमा आजको मानिसले के सोच्छन् ? यही कुराहरूलाई लेखक धुर्वसत्य परियारले देखाउन खोजेका छन् भने अभिनेता दयाहाङ राईले यसलाई सुन्दर तरिकाले प्रस्तुत गरेका छन् ।

मण्डलामा दयाहाङको ‘जालिनी’

नाटक कलाकारहरू विजय बराल, सिर्जना सुब्बा, पुष्कर कार्की, बिनिता गुरुङ वरिपरि घुमेको छ । त्यस्तै अन्य कलाकारमा इँगिहोपो कोइँच सुनुवार, सागर दाहाल, विकास पन्त, सञ्जीव राई, दीपक पछलदँग्या, प्रमीला खनाल, शकु शाह, सुदिप खतिवडा, विक्रम श्रेष्ठ, रिजन परियार, कविराज राई, सविन घलान र देविन चौधरीको अभिनय रहेको छ । यही शुक्रवारबाट सुरु भएको नाटक असोज २१ गतेसम्म सोमबार बाहेक हरेक दिन साँझ ५ः३० बजे मञ्चन हुनेछ । शनिवार भने दिउँसो १ बजे यसको अतिरिक्त सो रहेको छ । 
 

मण्डलामा दयाहाङको ‘जालिनी’

तस्विर : राजन काफ्ले