आउँदो दसैँको फुलपातीमा रिलिज हुन लागेको चलचित्र ‘जय भोले’को चार पोस्टर सार्वजनिक भएका छन् । मङ्गलवार चलचित्र युनिटले पोस्टर सार्वजनिक गर्दै चलचित्रको अफिसियल रिलिज मिति पनि घोषणा गरेको हो ।

यस अघि दसैँमा रिलिज हुने भनिएता पनि अर्को चलचित्र छक्का पञ्जा ३ को कारण कति गते रिलिज हुने तय थिएन । निर्माता तथा निर्देशक अशोक शर्माका अनुसार चलचित्र असोज ३० गते यानिकि फुलपातीको दिनबाट रिलिज हुने भएको छ । यसअघि छक्का पञजा ३ले आफ्नो रिलिज मिति घटस्थापनाको दिन तय गरेको थियो ।

फुलपातीमा रिलिज हुने ‘जय भोले’को हेर्नुस् चार पोस्टर 

चलचित्र जय भोलेलाई अशोक शर्माले निर्देशन गरेका हुन् । चलचित्रको सार्वजनिक ४ पोस्टरमा प्राय चलचित्रका अधिकांश कलाकारहरू फिचर छन् । 
 

फुलपातीमा रिलिज हुने ‘जय भोले’को हेर्नुस् चार पोस्टर 

खगेन्द्र लामिछानेको कथा र अभिनय रहेको चलचित्रमा स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा निर्माताका रूपमा किरण शर्मा, कृति शर्मा र अङ्कित शर्मा रहेका छन् ।