शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाल्टिन’ले दर्शकबाट राम्रो साथ पाएको छ ।  देब कुमार श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘लाल्टिन’ आइतबार सम्म उपत्यका र मोफसलमा गरि १ करोड, २० लाख भन्दा बढिको व्यपार गरेको छ । शुक्रबार उपत्यकामा १५ लाख र मोफसल ९ लाखको कमाई गर्दै ओपनिङ गरेको थियो । त्यसैगरी , चलचित्रले काठमाडौँमा सनिबार ३८ लाख र आइतबार २० लाखको कमाई गरेको छ भने मोफसल सनिबार २२ लाख र आइतबार १३ लाखको कमाई गरेको थियो । 


धेरै जसो हलमा चलचित्र हाउसफुल रहेको निर्माता भानु प्रतापले बताए । ‘काठमाडौँ लगायत मोफसलका धेरै जसो हलहरुमा दर्शकको चाप राम्रो छ । ’ उनले बताए । काठमाडौँभित्र हुने अपराधिक क्रियाकलापको अखडालाई चित्रण गरेको ‘लाल्टिन’मा दयाहाङ राई, प्रियका कार्की, निर्जन थापा, राज कटुवाल लगायतका कलाकारको अभिनय रहेको छ ।