गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘कथा काठमाडौँ’ले आइतबार साँझ कमलपोखरी स्थित कुमारीहलमा विशेष सो सम्पन्न गरेको छ । आयोजना भएको विशेष सोमा चलचित्र क्षेत्रका विभिन्न सेलिब्रेटीहरुको उपस्थिति रहेको थियो ।
 

सङ्गीता श्रेष्ठको निर्देशन र लेखन रहेको चलचित्र कथा काठमाडौँ हेर्न नायिकाहरूको पनि बाक्लो उपस्थिति रह्यो । अझ कार्यक्रम अवधि भर अभिनेत्री प्रियङ्का कार्की, वर्षा राउत, पूजा शर्मा, सन्ध्या केसीको मित्रताको चर्चा भएको थियो । यी चार नायिकाहरू एकसाथ फोटो खिचाउने देखि लिएर चलचित्र साथमा बसेर हेरेका थिए । अझ नायिकाद्धय वर्षा राउत र पूजा शर्माको मित्रता गाढा देखिन्थ्यो । यी दुईले एकसाथ चलचित्रको बारेमा प्रतिक्रिया दिएका थिए ।

‘कथा काठमाडौँ’को विशेष सोमा अभिनेत्रीहरूको देखियो दोस्ती ! (भिडियो)

चलचित्र कथा काठमाडौँ हेरेपछि प्रायले प्रमोद अग्र हरी र प्रियङ्का कार्कीको अभिनय, संजोग कोइराला र सन्ध्या केसीको केमेष्ट्री र प्रेक्षा अधिकारी र आयुष्मान देशराजको कथालाई प्रशंसा गरेका थिए । 

‘कथा काठमाडौँ’को विशेष सोमा अभिनेत्रीहरूको देखियो दोस्ती ! (भिडियो)