बलिउड अभिनेत्री कङ्गना रनावतको प्रतिक्षति चलचित्र मणिकर्णिकाको टिजर सार्वजनिक भएको छ । चलचित्रका निर्देशक राधा कृष्णसँग विवाद भएपछि छायाङ्कन रोकिएको ‘मणिकर्णिका’को टिजर सार्वजनिक भएको हो । टिजरमा झासीकी रानी लक्ष्मीबाईको साहसीको कथालाई देखाइएको छ । यो चलचित्रलाई ‘बाहुबली’ सिरिज र ‘भाग मिल्का भाग’का लेखक भी. भीएएन्द्र प्रसादले लेखेका हुन् । टिजरमा कगंनालाई दमदार रूपमा देखाइएको छ । चलचित्रमा उनको साथमा उन्नति दाभेरा, डेनी डेन्जोङ्पा, अकिंता लोखण्डे लगायतका कलाकारको अभिनय रहेको छ । १३० करोड लगानीमा बनेको यो चलचित्र २०१९ जनवरी २५ तारिकमा रिलिज हुदैँछ ।