पछिल्लो समय अभिनेत्री स्वस्तिमा खड्काको व्यस्तता बढ्दो छ । उनी कहिले विज्ञापन, कहिले चलचित्र प्रमोसन, कहिले चलचित्रको छायाङ्कनमा व्यस्त भइरहेकी हुन्छिन् । सोमबार भत्तरपुर स्थित जितपुरमा पुग्दा स्वस्तिमा प्राय देखिरहेको अवतार भन्दा फरक लुक्समा थिइन् । त्यहाँका स्थानीय कतिपयले स्वस्तिमालाई चिन्नै सकेका थिएनन् ।

चलचित्र ‘बुलबुल’को गीत छायाङ्कनमा पुग्दा सञ्चारकर्मी समेत स्वस्तिमाको रूप देखेर चकित भइरहेका थिए। करिब तीन दिनको सेड्युलमा यति बेला चलचित्र ‘बुलबुल’को गीत छायाङ्कन भइरहेको छ । यो गीत छायाङ्कन भएपश्चात् चलचित्रको सम्पूर्ण छायाङ्कन सकिने निर्माण पक्षले जानकारी दिए ।

टेम्पोवाली स्वस्तिमा ! 

छायाङ्कनरत गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने कोसिस क्षेत्रीको सङ्गीत रहेको छ । चलचित्रमा स्वस्तिमा ट्याम्पु चालिकाको भूमिकामा प्रस्तुत भएकी छिन् । स्वस्तिमालाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् । गीतलाई सुसन प्रजापतिले छायाङ्कन गरिरहेका छन् ।

टेम्पोवाली स्वस्तिमा ! 

यो चलचित्रलाई विनोद पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा अविरल थापा, राजु पौडेल, भीम थापा, पुरुषोत्तम पाण्डेको लगानी रहेको छ ।
 

टेम्पोवाली स्वस्तिमा ! 

तस्बिर :अन्जान