चलचित्र  ‘सायद २’ को नँया गीत सार्वजानिक भएको छ । ‘पहिलो प्रेम ’ बोलको उक्त गीत सोमबार युवट्युव मार्फत सार्वजानिक गरिएको हो । सुगम पोखरेलको स्वर, शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुशिल श्रेष्ठ र नव नायिका स्यारोन श्रेष्ठको अभिनय रहेको छ । भिडियोलाई भने बिक्रम स्वाँरले कोरियाग्राफी गरेका छन् । मुस्ताङको रमणिय स्थानमा खिचिएको उक्त भिडियोमा सुशिल र स्यारोनको प्रेमलाई देखाइएको छ ।

 

सुनिल रावलको निर्माणमा तयार भएको चलचित्र असार ३० गतेबाट प्रदर्शनमा आउने छ ।चलचित्रमा  सुशिल र स्यारोनसँगै अमृत ढुंगाना, सुशिल सिटौला लगायतको अभिनय रहेको छ । चलचित्रमा लेखन तथा निर्देशन पुष्पराज न्यौपानेको रहेको छ ।