बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुना ः द लिटिल भिजिटर’को ट्रेलर सार्वजनिक भएको छ । प्रियंका चोपडा र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सद्धारा निर्मित ‘पाहुना’को ट्रेलरमा दुई बालबालिका फिचर छन् । नेपालमा माओबादी द्धन्द्वबाट बचेर सिक्किम पुगेका दुई  बालबालिकाको सर्घषलाई देखाइएको छ । चलचित्रलाई पाखी ए टायरबालाले निर्देशन गरेका हुन् । चलचिधमा इशीका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राई, विनोद प्रधान, उत्तम प्रधान, विनिता लुगुन लगायतका कलाकारको अभिनय रहेको छ ।  यस अघि यो चलचित्रले बिभिन्न अन्तराष्ट्रिय फेस्टेभलहरुमा सहभागी हुदैँ अवार्ड जितिसकेको छ ।