सिनेनगरीमा कलाकार बिचको प्रेम, ब्रेकअपको चर्चा हुन कुनै नौलो होइन । बेलाबखतमा कलाकारहरूको प्रेमसम्बन्धीले मिडियामा राम्रो स्थान पाइरहेको हुन्छ । पछिल्लो केही समयता नायक अनमोल केसी र नायिका सारा सिर्पाली बिचको प्रेम सम्बन्ध चर्चा विषय बनिरहेको छ । अभिनेता निखिल उप्रेतीसँग चलचित्र ‘रुद्र’बाट डेव्यु गरेकी नायिका हुन् सारा । उनले निखिलसँगै दोस्रो पटक ‘पिँजडा ब्याक अगेन’मा काम गरिन् । दुवै चलचित्रले बक्स अफिसमा कमाल गर्न नसके पनि नायिका साराको सुन्दरता र अभिनयको चर्चा भएको थियो । यही मसिंर २८ गते सारा अभिनीत नयाँ चलचित्र ‘सुश्री सम्पत्ति’ रिलिज हुदैँछ । सारा हाल यही चलचित्रको प्रमोसनमा व्यस्त छिन् । यता अनमोल पनि आफ्नो नयाँ चलचित्र ‘ए मेरो हजुर ३’को छायाङ्कनमा व्यस्त छन् ।आफ्नो रिलिज नजिक रहेको सुश्री सम्पत्तिको प्रमोसनको क्रममा सारा र अनमोल बिचको प्रेम सम्बन्धको चर्चा चलेको हो ।बुझिए अनुसार चलचित्र रुद्रको समयदेखि सारा र अनमोल नजिक भएका थिए । गोप्य श्रोतको अनुसार केही समय अघि साराको जन्मदिन मनाउन अनमोल नगरकोट समेत पुगेका थिए । यता सामाजिक सञ्जाल इन्टाग्राममा साराको प्राय फोटोमा अनमोल कमेन्ट गरिरहेका हुन्छन् । के साँच्चै यी दुई प्रेममा छन् त ? सारालाई अनमोल बारे सोधिएको प्रश्नमा उनी आफूहरू साथी मात्र भएको बताउँछिन् ।