बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र उनको इभेन्ट कम्पनीले धोका दिएको भन्दै उत्तर प्रदेशका एक व्यक्तिले आरोप लगाएका छन् । पैसा दिएर पनि कार्यक्रममा नआएको भन्दै प्रमोद शर्मा नाम गरेका उक्त व्यक्तिले आरोप लगाएका हुन् । शर्माले  आयोजना गरेको एक फेसन ब्यूटी अवार्ड समारोह सोनाक्षीलाई अतिथिको रुपमा बोलाइएको थियो । सोनाक्षी आउने तय भएपछि शर्माले सोनाक्षीको बैङ्क अकाउन्टमा पैसा हाल्दिनुको साथै होटेल र फ्लाइट  टिकट पनि बुक गर्दिएका थिए । तर सोनाक्षीको मेनेजरले दुई पटक सम्म फ्लाइटको टिकट बदलिएका थिए । टिकट बदलिएता पनि कार्यक्रम सुरु हुन केही घण्टा बाकी रहँदा नआउने भने पछि उनले पुलिसमा उजुरी हालेका हुन । सोनाक्षी नआए पछि उनका फ्यानहरुले कार्यक्रममा राखिएको ट्रफी सहित हमला गरेका थिए । प्रमोदले उजुरीमा आफूले ३७ लाखको घाटा ब्यहर्नु परेको र उक्त घाटा सोनाक्षीले तिर्नु पर्ने बताएका छन् । उक्त निवेदन बारे बोल्दै एसएसपी जे रविन्द्र गौडले दुईजनालाई राखी सो कुरा बारे छलफल गरी मात्र केशलाई अगाडी बढाउन मिल्ने बताएको भारतीय मिडियाले जनाएको छ ।