बलिउड अभिनेता आमिर खान अभिनीत नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ केही साता अघि रिलिज भएको थियो । यो चलचित्रले दर्शकको अपेक्षा पुरा गर्न सकेन पनि बक्स अफिसमा पनि कमाल मच्चाउन सकेन । ठग्स अफ हिन्दुस्तान असफल भएपछि यसको जिम्मा आमिरले लिएका छन् । एक कार्यक्रममा पुगेका आमिरले मिडिया सामु अन्तरक्रिया गर्दै आफ्नो टिमबाट गल्ती भएको बताउँछन् । उनी भन्छन् ‘हामीबाट गल्ती भएको छ । तर हाम्रो टिमले चलचित्र राम्रो बनाउने पूर्ण मेहनत गरेका थियौ ।केही दर्शकलाई चलचित्र मन परेको प्रतिक्रिया दिनु भएको छ । उहाँहरूलाई धन्यवाद दिन्छु । तर धेरैलाई चलचित्र मन परेन त्यसको लागी माफी चाहन्छु । ’ आफ्नो कुरा अगाडी बोल्दै आमिर थप्छन् ‘जो दर्शक चलचित्र हेर्ने उत्साहित भएर आउनु भएको थियो । यो पटक उहाँलाई मनोरञ्जन गर्न सकिन । अब हामी अर्को पटक फेरी मेहनत गर्ने छौ । ’