बलिउड अभिनेता रणवीर सिंह अभिनीत चलचित्र ‘सिम्बा’को ट्रेलर सार्वजनिक भएको छ । सिम्बामा रणवीर पुलिस अफिसरको भूमिकामा देखिएका छन् । सार्वजनिक ट्रेलरमा ‘सिंघम’को केही अंश पनि देखाइएको छ । धर्मा ब्यानरबाट बनेको चलचित्रलाई रोहीत सेट्टीले निर्देशन गरेका हुन् । ‘सिंघम’लाई पनि रोहितले निर्देशन गरेका हुन् । जुन समीक्षागत र व्यापारिक हिसाबले निकै सफल भएको थियो । चलचित्रमा रणवीरको साथमा सारा अलि खान, सोनु सूड लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्र डिसेम्बर २८ मा रिलिज हुदैँछ ।