गायिका मेलीना राईको चर्चित गीत ‘तिमीले बाटो...’को अर्को भाग सार्वजनिक भएको छ । मेलिनाको स्वर र दर्पण राईको शब्दमा  ‘तिमीले बाटो फेरेऊ अरे २ ’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दर्पण राईको शब्द र विक्रम राईको सङ्गीत रहेको छ । भिडियो गायिका मेलिना स्वयम् फिचर्ड छिन् । यो भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् भने अनिल के मानन्धरको छायाङ्कन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।