अभिनेत्री झरना थापाको दोस्रो निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर ३’को यति बेला धमाधम छायाङ्कन भइरहेको छ । केही साता अघि मात्र यो निर्माण टिम चलचित्रको केही सिन र गीतको छायाङ्कन गर्ने मनाङ पुगेको थियो । मनाङमा छायाङ्कन भएको गीतको केही रोमान्टिक तस्बिरहरू निर्माण पक्षले सार्वजनिक गरेका छन् ।

तस्बिरमा चलचित्रका नायक अनमोल केसी र नव–नायिका सुहाना थापा फिचर छन् । बाहिरिएका तस्बिरमा अनमोल र सुहाना रोमान्टिक मुडमा देखिएका छन् । तस्बिरमा लोभलाग्दो देखेको यो केमेष्ट्रिलाई दर्शकले कति रुचाउने हुन् त्यो यति बेला प्रतीक्षामा रहेको छ । सुहाना अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी हुन् ।

मनाङको आइस लेकमा अनमोल र सुहानाको रोमान्स (फोटो फिचर) मनाङको आइस लेकमा अनमोल र सुहानाको रोमान्स (फोटो फिचर)

निर्माण पक्षको अनुसार चलचित्रमा समावेश हुने गीतको छायाङ्कन ४ हजार ७६ मिटर उचाइमा गरिएको थियो । भिडियोलाई राहुल शाहले कोरियोग्राफी गरेका छन् भने छायाङ्कन सञ्जय लामाको रहेको छ । गीतमा प्रतीक  अधिकारी र आशिष् अविरलको सङ्गीत रहेको छ । ‘जिन्दगी नै भन्दिनँ म’ बोलको गीतमा सुगम पोखरेलको आवाज रहेको छ । निर्माण पक्षको अनुसार केही दिन भित्र नै यो गीत सार्वजनिक हुने छ ।

मनाङको आइस लेकमा अनमोल र सुहानाको रोमान्स (फोटो फिचर)

चलचित्र ए मेरो हजुर ३ भने आउँदो चैत्र २९ गते रिलिज गर्ने तयारीमा निर्माण पक्ष जुटिरहेको छ । यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा अनमोल र सुहानाको अलावा सलोन बस्नेत र अर्पण थापाको मुख्य भूमिका रहेको छ । 
 

मनाङको आइस लेकमा अनमोल र सुहानाको रोमान्स (फोटो फिचर) मनाङको आइस लेकमा अनमोल र सुहानाको रोमान्स (फोटो फिचर)