असोज २४ गते घटस्थापनाको दिनबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले सफलताको साथ ५१ औँ दिन पार गरेको छ । चलचित्रले राजधानीको १३ हलमा प्रदर्शनको ५१ दिन मनाएको निर्माता तथा कलाकार दीपकराज गिरीले जानकारी दिएका छन् । उपत्यकामा फिल्मले मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल, बिग मुभिज, एफक्युब, बिजी मल तथा सिंगल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स, गुण सिनेमा, गंगा सिनेमा, गोपीकृष्ण मुभिज र बाराही मुभिजमा ५१ औं दिन मनाएको छ भने मोफसलमा कालिका सिनेमा, क्युएफएक्सको जलमा नारायणगढ र बागेश्वरी नेपालगञ्ज तथा विन्दवासिनी सिनेमा पोखरामा ५१ औं दिन पार गरेको छ ।

मंगलबार राजधानीमा एक भव्य कार्यक्रम आयोजना गर्दै निर्माण टिमले ५१ औँ दिनको सेलिब्रेसन गरेको थियो । सेलिब्रेसन पार्टीमा चलचित्र क्षेत्रका कलाकारको बाक्लो उपस्थिती रहेको थियो । सेलिब्रेसन कार्यक्रममा छक्का पन्जा टिमले चलचित्रका कलाकार, प्राविधिकका साथै संचारकर्मीहरुलाई सम्मान पत्र प्रधान गरे । 
 

‘छक्का–पञ्जा ३’ले यसरी मनायो ५१ औँ दिन, को को पुगे कलाकार ? ‘छक्का–पञ्जा ३’ले यसरी मनायो ५१ औँ दिन, को को पुगे कलाकार ?

नेपाली ईतिहासमा नै सर्वा्िधक कमाई गर्न सफल चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी छिन् । चलचित्रको तीनवटा सिरिजले नै प्रदर्शनको ५१ दिन पार गर्न सफल भएको छ । चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नीर शाह लगायतका कलाकारको अभिनय रहेको छ ।
 

‘छक्का–पञ्जा ३’ले यसरी मनायो ५१ औँ दिन, को को पुगे कलाकार ? ‘छक्का–पञ्जा ३’ले यसरी मनायो ५१ औँ दिन, को को पुगे कलाकार ? ‘छक्का–पञ्जा ३’ले यसरी मनायो ५१ औँ दिन, को को पुगे कलाकार ? ‘छक्का–पञ्जा ३’ले यसरी मनायो ५१ औँ दिन, को को पुगे कलाकार ? ‘छक्का–पञ्जा ३’ले यसरी मनायो ५१ औँ दिन, को को पुगे कलाकार ? ‘छक्का–पञ्जा ३’ले यसरी मनायो ५१ औँ दिन, को को पुगे कलाकार ? ‘छक्का–पञ्जा ३’ले यसरी मनायो ५१ औँ दिन, को को पुगे कलाकार ?