चलचित्र ‘गीत गजल’को छायाङ्कन सकिएको छ । नितिन चन्दको निर्देशनमा छायाङ्कन भएको चलचित्र करिब ३५ दिनको सेड्युलमा सकिएको हो ।म्युजिकल लभ स्टोरीमा बनेको यो चलचित्रमा नायक रुप पोखरेल र नायिका आरोही सिंहले डेव्यु गर्दैछन् । चलचित्रमा यी दुई कलाकारको अलावा रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायतका कलाकारको अभिनय रहेको छ । आरोहण प्रोडक्सनको ब्यानरबाट बनेको गीत गजललाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन् । चलचित्रलाई उत्कृष्ण बनाउन कुनै कमि नछोडेको निर्माता क्षेत्री बताउछन् । निर्माण टिमको अनुसार चलचित्रमा समावेश भएको गीतमध्ये एकको छायाङ्कन बाँकी रहेको छ । चलचित्र गीत गजलमा अर्जुन पोखरेलको संगीत रहेको छ भने छायाङ्कन बाबु श्रेष्ठको रहेको छ । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।