मसिंर २१ गते यानिकी यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रसाद’ले प्रिमियर सो सम्पन्न गरेको छ । प्रसादका कलाकार, प्राविधिकसाथै अन्य कलाकारहरू र संचारमर्कीको बाक्लो उपस्थितिमा चलचित्रको प्रिमियर सो सम्पन्न गरेको हो । बुधवार कमलपोखरी स्थिति बिग सिनेमामा प्रसादको प्रिमियर सो आयोजना गरिएको थियो ।

सञ्चारकर्मी सुशील पौडेलको लेखन र दिनेश राउतको निर्देशन रहेको चलचित्र प्रसादले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । चलचित्र हेरेपश्चात् अभिनेता भूवन केसीले निर्देशक दिनेश राउतको प्रशंसा गरे । भूवन भन्छन् ‘फरक जनराको चलचित्रलाई सुन्दर रुपमा दिनेश जीले प्रस्तुत गर्नु भएको छ । चलचित्रमा कलाकारको काम तारिफयोग्य छ ।’

सकारात्मक प्रतिक्रिया सहित ‘प्रसाद’को प्रिमियर सो सम्पन्न (भिडियो)


यता निर्माता तथा कलाकार दिपकराज गिरीले चलचित्रको कन्टेन, निर्देशकिय पाटो र कलाकारको कामलाई तारिफ गरेका थिए । इन्टु मिन्टु लण्डनमाकी निर्देशक रेनशा वान्तवा राई चलचित्र हेरेपश्चात् आफुलाई पनि यहि जनराको चलचित्र बनाउन प्रत्साहित भएको प्रतिक्रिया दिइन् । प्रिमियरमा चलचित्रकी मुख्य नायिका नम्रता श्रेष्ठ पाएको प्रतिक्रियाले सन्तुष्टि देखिन्थइन् ।

सकारात्मक प्रतिक्रिया सहित ‘प्रसाद’को प्रिमियर सो सम्पन्न (भिडियो) सकारात्मक प्रतिक्रिया सहित ‘प्रसाद’को प्रिमियर सो सम्पन्न (भिडियो) सकारात्मक प्रतिक्रिया सहित ‘प्रसाद’को प्रिमियर सो सम्पन्न (भिडियो)

सुभाष थापाको निर्माण रहेको चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ । चलचित्रले निःसन्तान दम्पत्तीबिचको द्धन्द्धलाई बोल्छ ।