रग्बी वर्ल्ड कप टुर – नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा सम्पन्न भएको छ । नेपाल रग्बी एसोसियसनले फेम नेपालसँगको सहकार्यमा काठमाडौँ स्थित टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा रग्बी खेलसँगै विभिन्न साङ्गीतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा नायिका स्वस्तिमा खड्काले कुटुमा कुटु, गैरी खेतको सिरै हान्यो, नाच फिरिरि लगायतका गीतमा नृत्य प्रस्तुत गरिन् । करिब ५ हजार दर्शकको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वस्तिमासंगै गायक सुगम पोखरेल, आशिष् राना ‘लाउरे’, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लगायतले आफ्नो प्रस्तुति राखेका थिए ।

सुगम, स्वप्न र लाउरेले गाउँदा नाचिन्  स्वस्तिमा (फोटो फिचर)

कार्यक्रममा बेली डान्सर बिनु शाक्यले बेली डान्स प्रस्तुत गरेकी थिइन् । सो कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिएको थियो । सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरेका थिए । शुभेक्षा खड्का र रविन तामाङले सञ्चालन गरेको कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म चलेको थियो ।
 

सुगम, स्वप्न र लाउरेले गाउँदा नाचिन्  स्वस्तिमा (फोटो फिचर) सुगम, स्वप्न र लाउरेले गाउँदा नाचिन्  स्वस्तिमा (फोटो फिचर)