पछिल्लो समय युवापुस्तामा लोभ लाग्दो फ्यान फलोइङ बनाएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नायक पुष्प खड्का नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । मारुनी नाम रहेको उक्त चलचित्रमा साम्राज्ञी र पुष्पको अलावा चलचित्र ‘लिलिबिली’बाट डेव्यु गर्ने तयारमा रहेकी नायिका रेविका गुरुङ पनि अनुबन्धित भएकी हुन् । रेविकाले बिशेष कारणवश लिलिबिली छोड्नु परेको थियो । उनी मारुनीबाट नै सिनेनगरीमा डेव्यु गर्ने तरखरमा रहेकी छिन् ।

मंगलबार राजधानीमा एक भव्य कार्यक्रम राख्दै चलचित्रको अपौचारिक घोषणा गरिएको थियो । जसमा चलचित्रका मुख्य तिन कलाकार सहित अन्य कलाकारहरु र प्राविधिकले क्याटवाक गरेका थिए ।

‘मारुनी’को अपौचारिक घोषणामा पुष्प, साम्राज्ञी र रेवीकाको क्याटवाक

चलचत्रिका मुख्य तिन कलाकारले भने चलचित्रको नाम लेखेको प्लेकार्ड बोकेर अनाउन्समेन्ट गरेका थिए । कार्यक्रमको सुरुवात ५ जना कुमार बाहुनहरुले स्वस्तिबाचन गरेर सुरुवात गरेका थिए । त्यस्तै र्याम्पमा मारुनी पहिरन लगाएर ८ जना मोडलहरुले क्याटवाक गरेका थिए । कार्यक्रममा र्याम्प शोको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरेकी थिइन् । 

‘मारुनी’को अपौचारिक घोषणामा पुष्प, साम्राज्ञी र रेवीकाको क्याटवाक

पूनम इन्टरटेन्मेन्टको ब्यानरबाट निर्माण हुन लागेको चलचित्रलाई पूनम गौतमले निर्माण गर्न लागेकी हुन्  । चलचित्रलाई नवल नेपालले निर्देशन गर्दैछन् । उनको निर्देशकमा बनेको पछिल्लो चलचित्र ‘मंगलम’ले व्यवसायिक र समिक्षागत रुपमा सफलता हासिल गरेको थिए ।

‘मारुनी’को अपौचारिक घोषणामा पुष्प, साम्राज्ञी र रेवीकाको क्याटवाक

त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको चलचित्रमा लेखन निर्देशक नेपाल र गोविन्द फुयाँलको रहने छ भने संगीत चलचित्रमा अर्जुन पोखरेल र कृष्ण काफ्लेको रहने छ । चलचित्रको छायाँकन पाटो संजय लामाले समाल्दैछन् । चलचित्रमा अजय पोखरेल र राजा प्रधानले निर्माणमा सहकार्य गरेका छन् ।