गायक अविनाश घिसिङ्गको 'लाईसेन्स ठेक्का' बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा स्वर अविनाश र गायिका मुना पाख्रिनको रहेको छ । अनिल मानन्धरले खिचेको गीतमा कालिन्चोकका केहि रमाईला दृश्य समाबेश गरिएको छ।

भिडियोलाई गायक भरत सिटौलाले निर्देशन गरेका हुन् । गायक अविनाश घिसिङ्ग आफैले अभिनय गरेको यस गीतलाई छोटो समयमा दर्शक तथा स्रोताले मन पराईदिएकोमा अविनाश निकै उत्साहित छन् ।