आइतबार मुम्बईमा ‘स्टार स्किृन अवार्ड’ आयोजना भएको थियो । जहाँ बलिउडका दर्जनौँ कलाकारको उपस्थिति रहेको थियो । भरखरै विवाह बन्धनमा बाँधिएका बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोण पनि अवार्डमा उपस्थित थिए । अवार्ड सम्पन्न भएपश्चात् यति बेला सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भएको छ । उक्त तस्बिरमा रणवीरले अवार्ड समातेका छन् भने दीपिकाको भावुक बनेकी छिन् । अवार्डमा चलचित्र पद्यावतबाट रणवीरले बेस्ट एक्टर अवार्ड हात पारेका थिए । अवार्ड लिन स्टेज पुगेका रणवीरले बोल्दै चलचित्रमा रानी नपाएपनि असली जिन्दगीमा आफुले रानी पाएको भन्दै दिपिकालाई धन्यबाद दिएका थिए । उनले पछिल्लो ६ बर्षयता हरेक काममा आफुलाई साथ, सहयोग गरेको भन्दै दिपिकालाई धन्यवाद दिएका थिए । श्रिमानको स्पिच सुनेपछि दीपिका भावुक भएर रोएकी थिइन् ।