बलिउड अभिनेत्री कंगना रनावत अभिनित चलचित्र ‘मणिकर्णिका’को ट्रेलर रिलिज भएको छ । १६१ बर्ष पुरानो झांसीकी रानी लक्ष्मीबाईको कथामा बनेको मणिकर्णिकाको ट्रेलरमा कंगना लक्ष्मीबाईको भूमिकामा देखिएकी छिन् । मणिकर्णिका छायाँकनको क्रममा बिभिन्न विवादहरु भएको थियो । सोही क्रममा कलाकार सोनु सुदले चलचित्र छाडेका थिए भने यता निर्देशन र कंगनाको अनबन भएपछि यसका निर्देशन कृष जगरलामुडीले पनि चलचित्र छाडेका थिए । चलचित्रको बाँकी छायाँकन कंगना आफैले गरेकी थिइन् । चलचित्रमा कंगनाको साथमा अंकिता लोखंडे, डेनी डैन्जोग्पा, जिस्सु सेन गुप्ता लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र २०१९ जनबरी २५ तारिकमा रिलिज हुने छ ।