चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा आयोजित कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्राय चलचित्रका अधिकांश कलाकारहरू फिचर्ड छन् । मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशन रहेको चलचित्रले ४० बर्ष कटेका दुई पुरुषको कथा बोल्छ । चलचित्रमा समिर दिक्षीत मिराज रोश, ऋचा हर्मा, छुल्ठिम गुरुङ, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, जयनन्द लामा, नम्रता सापकोटा, सिल्सा जिरेल, कमलमणी नेपाल, जीवन भट्टराई, भिमा मैनाली लगायतका कलाकारको अभिनय रहेको छ । त्रन्त्रालय फिल्मस् र हाइलाइट नेपालको संयुक्त ब्यानरबाट निर्माण भएको चलचित्रमा निर्देशक तथा कलाकार मिराज रोशको कथा तथा पटकथा रहेको छ । अमित अर्याल, बिन कन्थ मकाजु, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन शर्मा र रगुन महर्जनको लगानी रहेको चलचित्र माघ २५ गतेबाट रिलिज हुन् छ ।