नेपालको दोस्रो पटक सहभागिता रहेको ‘मिस युनिभर्स’मा सहभागी भएकी ‘मिस युनिभर्स नेपाल’ मनिता देवकोटा नेपाल फर्किएकी छिन् । मिस युनिभर्समा टप १०मा पर्न सफल मनिता बुधवार राती थाइल्याण्डबाट फर्किएकी हुन् । मनिताको स्वागतमा मिस नेपाल श्रृखला खतिवडासँगै मिस अर्थ नेपाल प्रिया सिग्देल र मिस इन्टरनेश्नल रोनाली अमात्य विमानस्गथल पुगेका थिए । 

मिस युनिभर्समा नेपाल सहभागी भएको यो दोस्रो पटक हो । यसअघि नग्मा श्रेष्ठ सहभागी भएकी थिइन् । दोस्रो पटकमा नै मनिताले टप १०मा पुगेको कारण उनको चर्चा भएको थियो । यता ‘मिस वल्र्ड’मा श्रृखला खतिवडा टप १२ सम्म पुगेकी थिइन् भने मिस अर्थमा प्रिया सिग्देल टप १८मा पुगेकी थिइन् ।