विगत केही महिना यता अभिनेता आर्यन सिग्देल चलचित्र ‘हजारजुनी सम्म’को लुक्सलाई निकै ध्यान दिइरहेका छन् । यो चलचित्रमा आर्यनको नयाँ लुक्स रहेको छ जसलाई आर्यनले लुकाइराखेका थिए । चलचित्रको सुटिङको पहिलो दिन सुटिङस्थलमा मिडियाकर्मी पुग्दा आर्यन लुक्स बाहिरिने डरले मिडियासँग लुकेका थिए । तर यतिबेला आर्यनको नयाँ लुक्स नायिका स्वस्तिमा खड्काले सार्वजनिक गरेकी छिन् । सामाजिक सञ्जालमा सक्रिय रहेकी स्वस्तिमाले इन्टाग्राम स्टोरीबाट आर्यनको लुक्स सार्वजनिक गरेकी हुन् । जसमा आर्यनको कपाल फुलेको छ । उनी चलचित्रमा स्वस्तिमाको वुबाको भूमिका निर्वाह गर्दैछन् । यतिबेला चलचित्रको छायाँकन हेटौडाँमा भइरहेको छ । बिकासराज आचार्य निर्देशित चलचित्रमा स्वस्तिमा र आर्यनको अलावा सलोन बस्नेत, निरुता सिंह लगायतका कलाकारको मुख्य भूमिका रहनेछ भने दिपाश्री निरौलाको आइटम डान्स रहेको छ ।