माघ २५ बाट प्रदर्शनमा आउने चलचित्र 'समर लभ' को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ३ मिनेट लामो ट्रेलरमा अतित र सायाबीचको प्रेमसँगै समयक्रममा उत्पन्न हुने परिस्थिती, मिलन विछोडको अनेकन संयोगहरु जोडिएका छन् । यो चलचित्रको स्कृनप्ले सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवादमा सामिप्यसँग सुबिनले सहकार्य गरेका छन् ।


चलचित्रमा आशिष र रेवतीसँगै सुरजसिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओमप्रतिक, मानस थापा लगायत लिड अभिनयमा छन् । अृ्जुन जिसी सम्पादनमा रहँदा क्यामेरामा सञ्जय लामा र मानकृष्ण महर्जन छन् । चलचित्रमा संगीत भने पुष्पन प्रधानको रहेको छ ।

 

'समर लभ'को निर्मातामा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी छन् भने कार्यकारी निर्मातामा विनोद अधिकारी रहँदा सोपन सरकार र मनोज बिक सह निर्माता तथा एकराज तामाङ लाइन प्रोड्यूसर छन् ।