पछिल्लो समयका व्यस्त कलाकार भित्र पर्छन् नायक पुष्पल खड्का । गत बर्ष ‘मंगलम’ रिलिज पश्चात पुष्पल एकपछि अर्को चलचित्रमा अनुबन्धित भएका हुन् । हालै पुष्पलको नयाँ चलचित्र ‘दाल भात तरकारी’को छायाँकन सकिएको छ  ।

कति सुहायो पुष्पल र आँचलको जोडी ? (फोटो फिचर)

जसमा उनी नायिका आँचल शर्माको जोडीको रुपमा देखिएका छन् । यो चलचित्र सकिएसँगै उनी ‘मारुनी’को छायाँकनको तयारीमा छन् । मारुनीमा पुष्पल नायिकाद्धय साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुृरुङसँग जोडीको रुपमा देखिन्दैछन् । केही म्युजिक भिडियोमा एकसाथ काम गरेता पनि पुष्पल र आँचल पहिलो चोटी चलचित्रमा काम गरेका हुन् । 
 

कति सुहायो पुष्पल र आँचलको जोडी ? (फोटो फिचर)

दाल भात तरकारीलाई सुदन केसीले निर्देशन गरेका हुन् । मह सञ्चार र किरण केसीको लगानी रहेको चलचित्रमा पुष्पल र आँचलको अलावा बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य, निरुता सिंह, बर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र बैशाख १३ गतेबाट रिलिज हुदैँछ । 
 

कति सुहायो पुष्पल र आँचलको जोडी ? (फोटो फिचर) कति सुहायो पुष्पल र आँचलको जोडी ? (फोटो फिचर)