आज शुक्रवार सिनेमा हलमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । जसमा चौका दाउ र भिलेन एकसाथ रिलिज भएको हो । चलचित्र चौका दाउलाई पुर्नेन्दु झाले निर्देशन गरेका हुन् । जसमा संगीतकार शभ्भुजित बास्कोटा र मनोज राजभण्डारीको लगानी रहेको छ । चलचित्रमा समाजमा हुने गरेको विकृतीलाई रमाइलो ढंगबाट प्रस्तुत गरिएको छ । यो चलचित्रमा चार अधबंशै युवाहरु एक युवतीको पछि लागेको देखाइएको छ । चलचित्रमा विल्सन विक्रम राई, वर्षा राउत, सोनिका केसी, सन्तोष पन्त, तैयाब शाह, रविन्द्र झा, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ। 

त्यस्तै आजबाट निखिल उप्रेतीको अभिनित चलचित्र ‘भिलेन’ रिलिज भएको हो । चलचित्रलाई देबेन्द्र राज पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्रीको मुख्य भूमिका रहेको छ । चलचित्रलाई कपिल खत्री र बल बहादुर श्रेष्ठले लगानी गरेका हुन् ।