चर्चित अभिनेता तथा निर्देशक शोभित बस्नेतले ३ बर्ष पछि चलचित्र ‘बाबु कान्छा’ निर्देशन गर्ने भएका छन् । बिहिबार काठमाडौँमा आयोजीत पत्रकार भेटघाटमा चलचित्रको शुभमुर्हत गरिएको थियो । आफ्नै छोरा सलोन बस्नेतको ब्यानरमा बन्न लागेको चलचित्रमा सलोन बस्नेत नायकको रुपमा रहने छन् । चलचित्र ‘बाबु कान्छा’मा शोभित निर्देशकको साथमा निर्माता र लेखक पनि ै हुन । आफ्नै बुबा (शोभित बस्नेत) सँग पहिलो चोटी काम गर्न पाँउदा उत्साहित रहेको नायक सलोनले बताए । सलोन फिल्मस्को ब्यानरमा तयार हुन लागेको

चलचित्रमा सलोनको साथमा करिष्मा श्रेष्ठ, रितिक शाही,निर शाह, सरोज खनाल लगायतका कलाकारको अभिनय रहने छ भने अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले यसै चलचित्रबाट डेव्यु गर्दै छन् । चलचित्रको सुटिङ शुक्रबार (भोली)बाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको छायाँकन भने काठमाडौँ , चितवन र दुवईमा हुने छ  । चलचित्रलाई बाबु श्रेष्ठले खिच्ने छन् भने टंक बुढाथोकी र अल्मोदा राणा उप्रेतीको संगीत रहने छ ।