गायक बिमलराज क्षत्रीको नयाँ गीत 'बुट्टे रुमाल'को भिडियो सार्वजनिक भएको छ । एक नारायण भण्डारीको शब्द र संगीत रहेको गीतमा बिमल राज क्षेत्रीलाई अन्जु पन्तले साथ दिनु भएको छ ।

गीतको भिडियोमा नायिका प्रियंका कार्की र चर्चित कोरियोग्राफर तथा मोडल गम्भिर बिष्टको अभिनय रहेको छ । गम्भिर बिष्टकै निर्देशनमा तयार भएको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र नविन निरौलाको सम्पादन रहेको छ ।