नायक सलिनमान बनियाँको चलचित्र ‘यात्रा स् अ म्युजिकल भ्लग’को शिर्ष गीत सार्वजनिक भएको छ । गीतमा काठमाडौँबाट सुरुको यात्रा  सोलुखुम्बु सम्म पुगेको देखाइउको छ । गीतमा धर्मेन्द्र सेवान, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको छ भने यसमा शब्द र संगीत प्रतिक पौडेलको रहेको छ । डेब्यु चलचित्र ‘ए मेरो हजुर २’ मार्फत नै आफ्नो एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका सलिन यस चलचित्र मार्फत निकै आश्वादी छन्। चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन । 

चलचित्रमा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय छ । यसै चलचित्र मार्फत मल्लिका महतले डेब्यु गर्दै्छिन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।