चलचित्र ‘जात्रै जात्रा’ले आफ्नो रिलिज मिति तय गरेको छ । सफल चलचित्रको सुचिमा रहेको ‘जात्रा’ले ५१ औँ दिन मनाउन सफल भएको थियो । जात्राको सिक्वेल रहेको जात्रै जात्रा यसअघि फागुन १७ गते रिलिज हुने भनिएको थियो । तर चलचित्रको मुख्य नायक बिपिन कार्कीको दुर्घटना परेर खुट्टा भाँचिएपछि चलचित्रको छायाँकन प्रभावित भएको थियो । सोही कारण जात्रै जात्राको प्रदर्शन मिति पोसपोण्ड गरि बैशाख २७ गते तय गरिएको छ । चलचित्र जात्रै जात्रालाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् भने यसको प्रस्तुतकर्ता रविन्द्र सिंह बाँनिया हुन् । चलचित्रमा यादव पौडेल  सिंगे लामाको लगानी रहेको छ भने नायक विपिन कार्कीसँगै बर्षा राउत, रविन्द्र झा र रविनद्र सिंह बाँनियाको साथै अभिनेता दयाहाङ राई बिशेष भूमिकामा देखिएका छन् ।